ad ad

राजनीति


धनकुटामा एमालेको क्लिन स्वीप

प्रतिनिधि सभा र प्रदेश सबैमा विजयी
धनकुटामा एमालेको क्लिन स्वीप

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १४:१५, काठमाडौँ

धनकुटामा सत्ता गठबन्धनको कडा चुनौतीबीच नेकपा एमालेले संघीय संसद र प्रदेशसभाका दुवै सिटमा जित निकालेको छ।

नेकपा माओवादी केन्द्रका नेता हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएपछिको फाइदा एमालेले लिन सफल भएको हो।

त्यहीकारण २०७४ कै नतिजा दोहोर्‍याउँदै एमालेले तीनै सिट जितेको हो। 

धनकुटा प्रतिनिधिसभातर्फ राजेन्द्रकुमार राई ३० हजार ९६ मत प्राप्त गरि विजयी भएका छन्। 

उनका निकटम् प्रतिद्वन्दी सुनिलबहादुर थापाले २८ हजार ७३ मत ल्याउन सफल भए। 

२०७४ मा पनि राई ३७ हजार ३ सय ३३ मतसहित विजयी भएका थिए। त्यसबेला थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए। 

प्रदेशमा पनि एमाले 
धनकुटा प्रदेशसभा क्षेत्र नं. १ को प्रत्यक्षतर्फ पनि एमालेका उम्मेदवार निरन राई विजयी भएका छन्। 

विजेता राईले १७ हजार १८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका अर्जुनकुमार राईले १० हजार २ सय २६ मत पाएका छन्।

यहाँ जनता समाजवादी पार्टी नेपालका नेता रकम चेम्जोङ्गले ८ हजार २४७ मत ल्याउन सफल भएका छन्। 

धनकुटा प्रदेशसभा क्षेत्र नं. २ को प्रत्यक्षतर्फ एमालेका उम्मेदवार इन्द्रमणि पराजुली विजयी भएका छन्। 

खसेको सदर मत ३१हजार ७ सय ८७ मध्ये पराजुलीले १५ हजार ७सय९७ मत प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठले ११ हजार २ सय ३० मत पाएकी छन्।

विजेता पराजुली दोस्रो कार्यकालका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन्। पराजित श्रेष्ठ पनि यसअघि प्रदेशसभा सदस्य थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .