ad ad

राजनीति


शंकर पोखरेलले दिए आफूलाई हराउने रेखा शर्मालाई बधाई

पाँचदलीय गठबन्धनसँग एक्लै भिड्नुपरेका कारण हारेको संकेत
शंकर पोखरेलले दिए आफूलाई हराउने रेखा शर्मालाई बधाई

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १२:५९, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा सदस्य निर्वाचन (दाङ–२) मा आफूलाई हराउने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मालाई बधाई दिएका छन्। 

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार शर्माले एमाले नेता पोखरेललाई केवल १ सय ९२ मतान्तरले हराएकी हुन्। 

चुनावको अन्तिम नतिजा आउनासाथ पोखरेलले सामाजिक सञ्जालमार्फत शर्मालाई बधाई दिएका हुन्। 

पोखरेलले लेखेका छन्, ‘मसँगको प्रतिस्पर्धामा विजयी हुनु भएकोमा रेखा शर्मालाई बधाई।’

यस क्रममा उनले पाँचदलीय गठबन्धनसँग आफू एकल रूपमा प्रतिस्पर्धा गर्नुपरेका कारण हार भएको संकेत पनि गरेका छन्। 

उनले लेखेका छन्, ‘गठबन्धनसँगको एक्लो प्रतिस्पर्धामा मतदाता र शुभेच्छुकहरूले देखाउनुभएको सदभावका लागि सदैव आभारी रहने छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .