ad ad

राजनीति


मधेश प्रदेशमा कांग्रेस पहिलो दल बन्ने संकेत

६४ क्षेत्रमध्ये २७ को परिणाम आउँदा कांग्रेस ७ क्षेत्रमा विजयी
मधेश प्रदेशमा कांग्रेस पहिलो दल बन्ने संकेत

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ११:१७, जनकपुरधाम

मधेश प्रदेशका ६४ प्रदेशसभा क्षेत्रमध्ये अहिलेसम्म २७ वटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ७ वटा प्रदेशसभा क्षेत्रमा जीत दर्ता गरेको छ। 

कांग्रेसका उम्मेदवार ६ वटा प्रदेशसभा क्षेत्रमा अगाडि छन्। यसले मधेश प्रदेशसभा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने संकेत देखिएको छ।

जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले ४÷४ प्रदेशसभा क्षेत्रमा जीत  हात पारेका छन्। जसपा ५, लोसपा ३ र जनमत पार्टी २ प्रदेशसभा क्षेत्रमा अगाडि छन्।
 

माओवादी केन्द्रले ३ प्रदेशसभा क्षेत्रमा जीत निकालेको छ भने २ प्रदेशसभा क्षेत्रमा अग्रता कायम गरेको छ। नेकपा एकिकृत समाजवादी पार्टीले २ वटा प्रदेशसभा क्षेत्रमा जीत हाशिल गरेको छ भने २ क्षेत्रमा अग्रता कायम गरेको छ। 

नेकपा एमालेले १ प्रदेशसभा क्षेत्रमा जीत निकालेको छ भने ९ प्रदेशसभा क्षेत्रमा अग्रता कायम राखेको छ।
 

त्यस्तै २ प्रदेशसभा क्षेत्रमा स्वतन्त्र उम्मेदवारले जीत निकालेका छन् भने ४ वटा प्रदेशसभा क्षेत्रमा स्वतन्त्र उम्मेदवारले अहिलेसम्म अग्रता कायम गरिरहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .