सप्तरी - ३ को (क) मा नेपाली कांग्रेसका मोहम्मद समिम विजयी भएका छन्।
१० हजार छ सय ३० मत ल्याएर समिम मधेश प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका रामप्रसाद मण्डलले आठ हजार पाँच सय ३८ मत प्राप्त गरेका छन्।
सहायक निर्वाचन अधिकृत ध्रुवप्रसाद निरौलाका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का एम्मेदवार जोगेन्द्र भगतले सात हजार तीन सय ४१ मत प्राप्त गरेका छन्। रासस

प्रतिक्रिया