रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार एमाले उम्मेदवार छविलाल विश्वकर्माले ३ हजार ६३ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी दोस्रो स्थानमा रहेको छ। सो पार्टीका धनीराम चौधरीले २ हजार ५ सय ४५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
त्यस्तै, नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल तेस्रो स्थानमा रहेका छन्। उनल २ हजार ४ सय १ मत प्राप्त गरेको आयोगले जनाएको छ।
उनी त्रिभुज चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएका थिए।
त्यस्तै, जनमत पार्टीका कैलाश गुरुङले १ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्।
777
Shares

प्रतिक्रिया