राजनीति


बागलुङ १ (१) मा कांग्रेसका थापा र २ (१) मा शेरचन विजयी

बागलुङ १ (१) मा कांग्रेसका थापा र २ (१) मा शेरचन विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार २:३३, काठमाडौँ

बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन्। थापाले नेकपा (एमाले) का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार ४७८ मतान्तरले पराजित गरेका हुन्। थापाले १३ हजार ८८४ मत ल्याउँदा केसीले १२ हजार ४०५ मत प्राप्त गरेका छन्।

थापा पाँचदलीय गठबन्धका साझा उम्मेदवार थिए। यस क्षेत्रमा थापा र केसीसहित पाँच जनाको उम्मेदवारी परेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार ४५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक ३०७ र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले १०७ मत प्राप्त गरेका छन्।

बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता रहेकामा २८ हजार आठ सय २५ मत खसेको थियो। जसमा छ सय ३२ मत बदर भएको छ।

बागलुङ–२ (१) मा कांग्रेसका शेरचन विजयी 
बागलुङ–२ (१) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी भएका छन्। शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गरेका हुन्। शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरेका छन्।

शेचरन पाँचदलीय गठबन्धनका साझा उम्मेदवार थिए भने घर्तीलाई नेकपा (एमाले) ले सघाएको थियो। यस क्षेत्रमा शेरचन र घर्तीबाहेक अन्य उम्मेदवार थिएनन्। घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए।

ताराखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका पर्ने यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता रहेकामा २७ हजार ९८० मत खसेको थियो। ८६४ मत बदर भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad