राजनीति


अम्मरबहादुर रायमाझी जसले पहिलो प्रयासमै गठबन्धनका बलिया उम्मेदवारलाई हराए

अम्मरबहादुर रायमाझी जसले पहिलो प्रयासमै गठबन्धनका बलिया उम्मेदवारलाई हराए

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २२:३२, काठमाडौँ

पहिलो पटक संसदको टिकट पाएर प्रतिनिधि सभाको चुनाव लडेका नेकपा एमालेका नेता अम्मरबहादुर रायमाझीले बलिया तथा अनुभवी प्रतिस्पर्धी जगन्नाथ खतिवडालाई पराजित गरेर संसद छिर्न सफल भएका छन्। 

उदयपुर क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवार बनेका रायमाझीले नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख रहेका खतिवडालाई हराएका हुन्। 

खतिवडा कांग्रेससहित माओवादी केन्द्र समेतको गठबन्धनका साझा उम्मेदवार थिए। सो क्षेत्रबाट कांग्रेसले बागीमा उम्मेदवारी दिएको थियो।

रायमाझी एमालेको प्रदेश १ कमिटी सचिवालय सदस्य मात्र छन्। 

एमालेको संगठन, व्यक्तिगत र सामाजिक व्यक्तित्वले पनि गठबन्धनलाई हराउन सकेको बताएका छन्। एसएलसी पास गरेर उच्च शिक्षा पढ्न सप्तरी झरेका उनले २०४३ सालदेखि अखिलको विद्यार्थी राजनीति गर्न थालेका हुन् ।

२०२६ साल जेठ २ मा उदयपुरकै रौतामाई ६ मा जन्मिएका रायमाझी एमाले प्रदेश १ कमिटीको सचिवालय सदस्य छन् ।

स्नातकोत्तरसम्मको अध्ययन गरेका रायमाझी उदयपुर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र सगरमाथा–काठमाडौं अञ्चल सम्पर्क कमिटीको कार्यवाहक अध्यक्ष भएर काम गरेका थिए।

उनले मुर्कुची स्वास्थ्यचौकीमा विभिन्न स्वास्थ्य उपकरण सहयोग गरेका छन्। 

त्यसबाहेक कोरोनाको बेलामा पनि स्थानीयलाई सहयोग गरेकोले उनी मतदातासँग बढी घुलमिल भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad