ad ad

राजनीति


कर्णाली प्रदेशसभाका १० वटा क्षेत्रमा सत्ता गठबन्धनको अग्रता

कर्णाली प्रदेशसभाका १० वटा क्षेत्रमा सत्ता गठबन्धनको अग्रता

फाइल तस्बिर


दिनेश बुढा
मंसिर ६, २०७९ मंगलबार १९:२५, सुर्खेत

कर्णालीमा प्रदेश सभा अन्तर्गतको २४ वटा निर्वाचन क्षेत्रमध्ये १२ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ। 

अहिलेसम्म रुकुम पश्चिम, सल्यान, जाजरकोट, जुम्ला र दैलेख क्षेत्र नम्बर २ का दुईवटै क्षेत्र क्षेत्रको मतगणना जारी छ।

दैलेख क्षेत्र नम्बर १ (१) र कालिकोटको (२) मा पनि मतगणना जारी छ। मतगणना भइरहेका १२ मध्ये यो समाचार तयार पार्दासम्म १० वटा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम राखेका छन्।

नेकपा एमालेले जुम्ला (२) मा थोरै मतान्तरले अगाडि छ। दलगत आधारमा हेर्ने हो भने नेकपा माओवादी केन्द्रले पाँचवटा निर्वाचन क्षेत्रमा लिड गरिरहेको छ भने कांग्रेसले चार वटा क्षेत्रमा लिड गरिरहेको छ।

जुम्ला प्रदेश सभा (१) मा भने गठबन्धनकै बागी स्वतन्त्र उम्मेदवारले लिड गरिरहेका छन्।

यस्तै, प्राप्त पछिल्लो नतिजा अनुसार दैलेख क्षेत्र नम्बर–१ प्रदेश सभा (१) मा कांग्रेसका पूर्णबहादुर खत्रीले ६ हजार ५०१ मतसहित लिड गरिरहेका छन्। 

१३ हजार ८४९ मत गणता गर्दा एमालेका धर्मराज रेग्मीले दोस्रोमा ५ हजार ७५४ मत प्राप्त गरेका छन् भने यहाँ राप्रपा तेस्रो नम्बरमा छ 

दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (१) मा कांग्रेस र (२) मा माओवादीका उम्मेदवारले अग्रता कायम गरेका छन्। 

(१) मा १ हजार ६९० मत गणना हुँदा कांग्रेसका घनश्याम भन्डारीले ८५३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तिलक रिजालले ५७१ मत प्राप्त गरेका छन्।

दैलेख निर्वाचन–२ प्रदेश सभा (२) मा माओवादीका योगेन्द्रबहादुर शाहीले ७६० मतसहित एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहलाई पछि पारेका छन्। शाहले ५२४ मत प्राप्त गरेका छन्। यहाँ नेमकिपाका जयबहादुर थापाले २८५ मत पाएका छन्।

कालिकोट प्रदेश सभा (१) मा माओवादीका दुर्गबहादुर रावतले एमालेका कुर्मराज शाहीलाई पछि पारेका छन्। १ हजार १२ मत गणना गर्दा रावले ५८८ मत ल्याउँदा एमालेका शाहीले ३१९ मत पाए। 

जुम्ला (१) १२ हजार ८६६ मतगणना गर्दा गठबन्धनका बागी स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले कांग्रेस प्रदेश सभापति ललितजंग शाहलाई १ हजार २७९ मतान्तरले पछि पारेका छन्। उनले ५ हजार ३०८ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार शाहीले ४ हजार २९ मत प्राप्त गरे।

यहाँ एमालेको धिरेन्द्रराज गिरीले ३ हजार १४३ मत पाउँदा नेमकिपाका राजेश्वर देवकोटादले ३८६ मत पाएका छन्। 

जुम्ला (२) मा ९ हजार ६५६ मतगणना हुँदा एमालेका टेकराज पछाई झिनो मतान्तरले गठबन्धनभन्दा अगाडि छन्। 

उनले ३ हजार ५१७ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवा एकीकृत समाजवादीका पदम बहादुर रोकायले ३ हजार ३७६ मत पाएका छन्। रोकाय कर्णाली सरकारको भौतिक पूर्वाधारमन्त्री समेत हुन्।

सल्यानका दुईवटै निर्वाचन क्षेत्रमा गठबन्धन अगाडि छ।

(१) मा पछिल्लो नतिजाअनुसार गठबन्धनका साझा उम्मेदवार माओवादीका भीमप्रकाश शर्माले ७ हजार ५९४ मत प्राप्त गर्दा एमाले कुलबहादुर गिरी ३ हजार ८६० मत पाएका छन्। राप्रपाका शिवबहादुर ओलीले ४१५ प्राप्त गरे।

(२) मा गठबन्धनका तर्फबाट कांग्रेसका सुरेश अधिकारीले ६ हजार १६२ मत प्राप्त गर्दा एमालेका गुलाबजंग शाहले ५ हजार १७७ मत प्राप्त गरेका छन्। 

यता जाजरकोटमा पनि दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। (१) मा हालसम्म गणना भएको १५ हजार ६२६ मतमध्ये कांग्रेसका वेदराज सिंहले ९ हजार ३२० मत पाएका छन्। प्रतिस्पर्धी एमालेका डम्बर बहादुर सिंहले ५ हजार ३३४ मत पाएका छन्। 

कांग्रेसका सिंहले एमालेका सिंहलाई ३ हजार ९८५ मतान्तरले पछि पारेका छन्। यहाँ गठबन्धनका बागी उम्मेदवार कमानबहादुर खड्काले ९२३ मत पाएका छन्।

जाजरकोट (२) मा हालसम्म गणना भएको १८ हजार ३९२ मत मध्ये राजीवविक्रम शाहको पक्षमा ९ हजार ९८२ मत रहेको छ। उनले एमालेका खिमबहादुर शाहीलाई ३ हजार २५ मतान्तरले पछि पारेका छन्। 

शाहीले ६ हजार ९५७ मत पाएका छन्। यहाँ राप्रपाका कृण्णबहादुर शाहीले ३३९ मत पाएका छन्।

रुकुम पश्चिमका दुईवटै क्षेत्रमा माओवादीका उम्मेदवार अगाडि छन्। (१) मा माओवादीका महेन्द्र केसीले १ हजार ४१९ मत पाउँदा एमालेका नारायण कुमार शाहले ४३८ मत पाएका छन्। 

यस्तै, राप्रपाको विनोदकुमार शाहले १७९ मत पाएका छन्। 

रुकुम पश्चिम प्रदेश सभा (२) मा पनि माओवादी केन्द्रका राजकुमार शर्माले ४९९ मतसहित अग्रता कायम गरेका छन्। 

यहाँ एमालेका कर्णबहादुर घर्तीले ३०१ मत पाएका छन् भने राप्रपाका निर्जल केसीले २० मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .