ad ad

राजनीति


एमाले महासचिवसँग ‘स्लो बट स्टिडिली’ मतअन्तर बढाउँदै माओवादी नेतृ

एमाले महासचिवसँग ‘स्लो बट स्टिडिली’ मतअन्तर बढाउँदै माओवादी नेतृ

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १९:५, काठमाडौँ

अंग्रेजीमा एउटा चर्चित भनाइ छ, ‘स्लो एन्ड स्टिडी विन्स द रेस।’ यो उखानको सन्देश हो, ‘निरन्तरता नभएको छिटो कुदाइले भन्दा विस्तारै तर निरन्तर हिँड्नेले दौड जित्न सक्छ।’ 

दाङ–२ को अन्तिम परिणाम के हुन्छ, त्यो अहिल्यै भन्न सकिँदैन। किनभने ४ मंसिरको निर्वाचनमा खसेको ७९ हजार ४ सय ४६ मतमध्ये मंगलबार साँझसम्म २३ हजार ५ सय २१ मत मात्र गणना भएको छ।  

तर, त्यो निर्वाचन क्षेत्रमा एमाले महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धामा रहेकी माओवादी नेतृ रेखा शर्माले विस्तारै तर निरन्तर मतअन्तर बढाइरहेकी छन्। 

सोमबारदेखि सुरु भएको मतगणनाका क्रममा मंगलबार बिहानसम्म १ हजार भन्दा बढी मतअन्तरले अग्रता लिएकी शर्माले मंगलबार साँझ १ हजार ८ सय भन्दा बढीको मतअन्तर बनाएकी छन्। 

सोमबार दिउँसो र रातभरको गणनाबाट मंगलबार बिहानसम्म नेतृ शर्मा एमाले महासचिव पोखरेलभन्दा १ हजार ३२ मतले अगाडि थिइन्। नेतृ शर्माले ५ हजार ३ सय ९४ मत प्राप्त गर्दा महासचिव पोखरेललाई प्राप्त मत ४ हजार ३ सय ६२ थियो।

मंगलबार बिहान दोस्रो पटक सार्वजनिक भएको मतगणना परिणाममा सबैरैको भन्दा बढाएर शर्माले १ हजार ३ सय ५२ को मतान्तर बनाइन्। 

यतिबेलासम्म शर्मालाई ६ हजार ५ सय ६० र महासचिव पोखरेललाई ५ हजार २ सय ८ मत प्राप्त भएको थियो। 

तर, मंगलबार मध्याह्न सार्वजनिक मतगणनामा उनले थप ३ सय भन्दा बढीको मतअन्तर कायम गरिन्। त्यसक्रममा शर्माले ७ हजार ५ सय ११ र पोखरेलले ७ हजार ७ सय ५३ मत प्राप्त गरेका थिए। 

पछिल्लो मतगणनाका क्रममा पनि उनले झण्डै उही मतअन्तर कायम गरेकी छन्। जसअनुसार महासचिव पोखरेलले ६ हजार ८ सय ८ मत प्राप्त गर्दा शर्मालाई ८ हजार ६ सय १६ मत प्राप्त भएको छ। 

निकै प्रतिस्पर्धात्मक मानिएको दाङ–२ मा गणना भएका बुथहरु  सत्ता गठबन्धनको प्रभाव रहेका क्षेत्र हुन्। तर, महासचिव पोखरेलले पनि ती बुथहरुबाट अपेक्षित मत प्राप्त गर्न नसकेको बताइएको छ। 

यसले गर्दा दाङ–२ को प्रतिस्पर्धा थप रोचक बन्न पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .