अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका टोपबहादुर रायमाझीले फराकिलो अग्रता बनाएका छन्।
रायमाझीले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाललाई करिब २४ सय मतले पछि पारेका हुन्।
पछिल्लो नतिजा आउँदा रायमाझी २४ सय ११ मतले अगाडि छन्।
रायमाझीले ११ हजार ६५२ मत ल्याउँदा कांग्रेसकी पुष्पा भुसाल ९ हजार २४१ मतमा समेटिएकी छन्।
एमालेका सचिव समेत रहेका रायमाझी अर्घाखाँचीमा एक्लै चुनावी मैदानमा छन्।
तत्कालीन नेकपामा विभाजन हुँदा उनी माओवादी केन्द्र छाडेर एमालेकै समूहमा बस्दा सांसद पद पनि गुमाएका थिए।
तर अहिले उनले माओवादी र कांग्रेसको समेत भोट तानेर आफूलाई संसद यात्रा गराउने दिशामा अघि बढेका छन्।
636
Shares
प्रतिक्रिया