प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ ले ४४४ मतको अग्रता बनाएका छन्।
१४ हजार ८४९ मत गणना हुँदा उनले ४ हजार ८५१ मत प्राप्त गरेका हुन्।
प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेललले ४ हजार ४०७ मतसहित बैरागीलाई पच्छ्याइरहेका छन्।
५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका रामजीप्रसाद बराल‘जीवन’ हालसम्म तेस्रोमा छन्।
उनले ३ हजार २०७ मत ल्याएका छन्। त्यस क्षेत्रमा राप्रपाका जगतप्रसाद सुवेदीले ८०३५ मत ल्याएका छन्।
प्रतिनिधिसभामा त्यस क्षेत्रमा कूल एक लाख एक हजार सात सय १५ मतदाता थिए। जसमा ६१ हजार छ सय १४ मत खसेको थियो।
162
Shares

प्रतिक्रिया