झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिष्पर्धीविरुद्ध मतान्तर बढाउँदै गएका छन्।
साढे ९ हजार मतपत्र गणना हुँदा उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका अग्नि खरेलसँगको मतान्तर १५ सयभन्दा बढी बनाएका हुन्।
पहिलो चरणअन्तरगर्त ७ हजार ६९७ मत गणना हुँदा शर्माले ३ हजार ९ सय मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार खरेलले २ हजार ३९० मत पाएका छन्।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा महामन्त्री शर्मा नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए।
कार्की ३६ हजार १७३ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा शर्माले ३३ हजार ३१० मत पाएका थिए।
त्यसअघि उनी २०७० को संविधानसभा निर्वाचनमा एमालेका रबिन कोइरालासँग हारेका थिए।
225
Shares
प्रतिक्रिया