राजनीति


कञ्चनपुर ३ को मत गणना सुरु

कञ्चनपुर ३ को मत गणना सुरु

कञ्चनपुर क्षेत्र नम्बर ३ को मत गणना हुँदै।


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १३:४६, कञ्चनपुर

कञ्चनपुर क्षेत्र नम्बर ३ मा मत गणना सुरु भएको छ। क्षेत्र नम्बर ३ मा पर्ने भीमदत्त नगरपालिकाका १, २ र ३ नम्बर वडामा खसेका मत गन्न थालिएको हो।

यो क्षेत्रमा ९७ हजार ९१८ मध्ये ५७ हजार ९४८ मत खसेको छ।

कञ्चनपुर–३ बाट सत्ता गठबन्धनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र नेकपा एमालेले निरुदेवी पाललाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएका छन्। 

कञ्चनपुरका १ र २ नम्बर क्षेत्रमा भने दिउँसो २ बजे मत गणना सुरु हुने बताइएको छ।

क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगर, एमालेबाट तारा लामा तामाङ तथा २ मा कांग्रेस केन्द्रीय सदस्य एनपी साउद र एमालेका नरबहादुर धामीबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .