राजनीति


एमाले महाधिवेशनमा मकवानपुरबाट ओली प्यानलका पाँचै उम्मेदवार निर्वाचित

एमाले महाधिवेशनमा मकवानपुरबाट ओली प्यानलका पाँचै उम्मेदवार निर्वाचित

सुनिता विष्ट
पुस ३, २०८२ बिहिबार १४:४७, काठमाडौँ

नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा उम्मेदवार बनेका मकवानपुरका पाँचै नेता निर्वाचित भएका छन्। 

केपी शर्मा आली प्यानलबाट उम्मेदवार बनेका ४ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, महेशकुमार बर्तौला, रामेश्वर राना, भारती पाठक र एकालाल श्रेष्ठ विजयी भएका छन्। बर्तौलाले १ हजार ५३९, रानाले १ हजार ४९८, पाठकले १ हजार ९१५ र श्रेष्ठले १ हजार ५०९ मत प्राप्त गरेका छन्। 

बर्तौला, राना र पाठक केन्द्रीय सदस्यमा दोहोरिएका हुन् भने श्रेष्ठ प्रदेश कमिटीबाट केन्द्रमा फड्को मारेका हुन्। 

यस्तै, लेखा आयोग सदस्यमा नवीन सिग्देल निर्वाचित भएका हुन्। उनले १ हजार ६१४ मत प्राप्त गरेका छन्। 

लेखा आयोग सदस्यमा निर्वाचित भएका सिग्देल एमाले मकवानपुरका पूर्व सचिव हुन्। यो सँगै मकवानपुरबाट दुई नयाँ अनुहारले केन्द्रीय कमिटीको यात्रा तय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad