संविधान रक्षाको माग गर्दै हेटौँडामा शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रनिकट युवाहरू सडकमा उत्रिएका छन्। बिहीबार (आज) नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका युवाहरू सडकमा उत्रिएर संविधान रक्षाको नारा लगाएका हुन्।
उनीहरूले संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर, सैनिक शासन मान्य हुनेछैन, संवैधानिक सर्वोच्चता कायम गर, संसद् विघटन मान्ने छैन भन्दै नाराबाजी गरेका हुन्।
हेटौँडा–४ हुप्राचौर अगाडिबाट प्रदर्शन सुरु गरेका उनीहरूलाई नेपाली सेनाले रोक्न खोजेको थियो। तर, युवाहरुले प्रदर्शनलाई अघि बढाए।
नेपाली कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठक, राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटी, तरुण दलका नेता राजेश भेटवाल लगायतको नेतृत्वमा प्रदर्शन गरिएको हो।
हुप्राबाट सुरु भएको प्रदर्शन र्याली सीमाचोकमा आएर कोणसभामा परिणत भएको थियो। कांग्रेस मकवानपुरका सचिव पाठकले आजको प्रदर्शन सांकेतिक मात्रै भएको र आवश्यक परे अझै सशक्त भूमिकामा उत्रने बताए।
Shares

प्रतिक्रिया