ad ad

राजनीति


एमाले मकवानपुरको अधिवेशन सुरु, नेतृत्वमा आधा दर्जन आकांक्षी

एमाले मकवानपुरको अधिवेशन सुरु, नेतृत्वमा आधा दर्जन आकांक्षी

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १२:४४, हेटौँडा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको १२ औं जिल्ला अधिवेशन आजबाट हेटौंडामा सुरु भएको छ। 

तीन दिनसम्म चल्ने अधिवेशनले नयाँ जिल्ला कमिटी समेत निर्माण गर्ने छ। 

अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिब शंकर पोख्रेलले गर्ने तयारी छ। अधिवेशनको औपचारिक उद्घाटनपछि शनिबार बन्दसत्र र चुनाबका लागि उम्मेदवारी दर्ता लगायतका प्रक्रियाहरु हुने नेताहरुले बताएका छन्।

मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको हो। 

कुल ७६९ जना अधिवेशन प्रतिनिधि रहेका छन्। जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहने एमाले मकवानपुरले जनाएको छ।

त्यसोत, एमाले मकवानपुरको आगामी कार्यकालका लागि अध्यक्ष पदको आकांक्षीमा आधा दर्जनको नाम चर्चामा छ। 

रघुनाथ खुलाल, श्रीधर पोख्रेल, इन्द्रमान स्याङतान, धुर्व प्रसाद चौलागाई, देबराज रिमाल र लालबहादुर थापाको नाम चर्चामा छ। अध्यक्षकै आकांक्षीको संख्या धेरै भएपछि निर्वाचन प्रक्रिया नै हुने आंकलन गरिएको छ। 

यता, यद्यपि, सकेसम्म सर्वसम्मतको बाटोबाट नेतृत्व चयनको प्रक्रिया टुंग्याउन प्रयास गरिने एमाले मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .