राजनीति


प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा आउँदै

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा आउँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर ३०, २०८० शनिबार ७:५७, हेटौँडा

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको मानब सेवा आश्रमको भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौँडा आउँदै छन्। 

हेटौँडामा निर्माण भएको मानवसेवा आश्रमको केन्द्रिय कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकारशरण महत पनि हेटौँडा आउन लागेका आश्रमले जनाएको छ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, बरिष्ठ कलाकार, समाजसेवी, आश्रमका अभिभावक, सुभेच्छुक र सहयोगी पनि कार्यक्रममा आउने तय भएको आश्रमले जनाएको छ।

सहयोगापेक्षीमैत्री सेवा प्रवाहको लागि संस्थाको आफ्नै भवन अपरिहार्य भएको निष्कर्षसहित २०७१ माघ ३ गते हेटौँडा ९ लामसुरेधापमा संस्थाको भवननिर्माण कार्यको सुभारम्भ गरिएको थियो। 

भवन निर्माणमा हजारौँ मनकारीले सहयोग गरेका छन्। आश्रममा महिला, पुरुष, बालबालिका, अशक्त र बृद्धबृद्धाहरुलाई छुट्टाछुट्टै राख्नेगरी भवन निर्माण गरिएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .