बागमती प्रदेशसभामा सभामुख चयन गर्न मतदान सुरु भएको छ।
शुक्रबार बसेको प्रदेश सभा बैठकले सभामुखको निर्वाचन गरेको हो।
सभामुखको निर्वाचनको लागि बागमती प्रदेशमा ३ जनाको उम्मेदवारी परेको छ।
सभामुखको लागि सत्तारुढ दलको तर्फबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीबाट सृजना सायजुको उम्मेदवारी परेको छ।
अहिले प्रदेश सभा सदस्यहरुले ३ जना उम्मेदवारहरुलाई सभामुखको लागि मतदान गरिरहेका छन्।
45
Shares
प्रतिक्रिया