राजनीति


सी काठमाडौं आउनुअघि हिन्द महासागर किनारमा मोदीसँग भेटवार्ता

सी काठमाडौं आउनुअघि हिन्द महासागर किनारमा मोदीसँग भेटवार्ता

नेपालखबर
असोज २५, २०७६ शनिबार ५:३९,

शुक्रबार भारतको भ्रमणमा आएका चीनका राष्ट्रपति सी चिनफिंग र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज पनि एक्लाएक्लै बैठक भएको छ। टाइम्स अफ इन्डियाका अनुसार आज अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरुमा छलफल भएको भारतका विदेश सचिव विजय गोखलेले जानकारी दिएका छन्।

चिनियाँ राष्ट्रपति सी दोस्रो अनौपचारिक सम्मेलनका लागि भारत आएका हुन्। चिनियाँ सी चिनफिंगसँग विदेशमन्त्री वाङ यी र स्टेट काउन्सिलर याङ जिएछीसहित १ सय सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल भारत आएका छन्।

भारतीय राज्य तमिल नाडुको मामल्लपुरममा आज भारतीय प्रधानमन्त्री र सीबीच करिब ४० मिनेट छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोवालममा रहेको ताज फिशरम्यान्स कोभ होटलमा दुई देशका नेताबीच छलफल भएको हाे। 

बैठकमा दुवै देशका नेताबीच अनुवादककाे सहायतामा वार्ता भएकाे हाे। याे वार्तापछि दुवै देशका प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने बताइएकाे छ।

राष्ट्रपति सीकाे सम्मानमा माेदीले आज नै दिवाभाेज दिने बताइएकाे छ। 

गत वर्ष अप्रिलमा पनि मोदी र सीबीच चीनमा यस्तै छलफल भएको थियो।

XiModi

दुई देशका जनताबीचको सम्बन्ध, व्यापार अभिवृद्धि र भारत–चीन ३५ सय किलोमिटर लामो सीमा क्षेत्रमा शान्तिपूर्ण अवस्था निर्माणबारे छलफल भएको छ। यसैबीच, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच आतंकवाद र कट्टरताविरुद्ध साझा अभियान सञ्चालन गर्न सहमति भएको नवभारत टाइम्सले जनाएको छ।

दुई देशका नेताबीच, व्यापार, आतंकवादलगायतका विषयमा छलफल भएको थियो। दुई नेताबीच पहिलो दिनको छलफल लामो समयसम्म चलेको थियो। अघिल्लाे दिन करिब साढे दुई घण्टाबीच छलफल चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad