राजनीति


सीको भ्रमणबाट नेपालमा उत्साह थपियोः नेम्वाङ

सीको भ्रमणबाट नेपालमा उत्साह थपियोः नेम्वाङ

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ११:८,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक भएको बताएका छन्।

नेपाल चाइना हिमालयन फ्रेण्डसिप सोसाईटीले भ्रमणबारे शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा नेताहरुले २३ वर्षपछि हुन लागेको उच्चस्तरीय भ्रमण ऐतिहासिक हुनुको साथै यसले नेपालको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताएका हुन्। नेता सुवास नेम्वाङले लामो समयको अन्तरालमा हुन लागेको उच्चस्तरीय भ्रमणबाट आफूहरु उत्साहित बनेको भन्दै भ्रमणले नेपालको हितमा हुने बताए।

नेपाल दुई छिमेकी चीन र भारतलाई जोड्ने पुल बन्न चाहेको पनि स्पष्ट पारे। उनले सरकार तथा नेकपाले देशको सार्वभौमसत्ता र सम्मानलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता पनि जनाए।

चिनियाँ राष्ट्रपति सीको ऐतिहासिक भ्रमणलाई सरकार तथा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र चीनको हितमा सदुपयोग गर्न चाहेको पनि स्पष्ट पारे।

नेता देव गुरुङ्गले नेपालले चीनसँग लिने ऋणका बारेमा नकारात्मक टिप्पणी गर्नु आवश्यक नभएको बताए। उनले विश्वका सबै मुलुकले ऋण लिने गरेको दृष्टान्त दिँदै ऋणलाई सही ढंगले उपयोग गर्नुपर्ने धारणा राखे। उनले अनुदान हुन सकेन भने निरपैक्ष ऋण लिनै हुँदैन भन्न नहुने तर्क गरे।

चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा हुने आर्थिक सहयोग सम्बन्धी सम्झौतालाई लिएर विभिन्न टिकाटिप्पणी हुदै आएका छन्। विशेष गरेर रेल सेवा विस्तार ऋणमा नभई चिनले अनुदानमा बनाईदिनुपर्ने तर्क हुँदै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad