ad ad

राजनीति


महरा संसदबाट निलम्बित

महरा संसदबाट निलम्बित

नेपालखबर
असोज २३, २०७६ बिहिबार १४:२८,

यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ। संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन्। 

फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। सांसदबाट निलम्बनमा परेसँगै अब उनको सेवासुविधा पनि रोक्का हुनेछ।

संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको पछि १५ असोजमा सभामुख पदबाट राजीनामा दिएका उनी १८ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .