राजनीति


सीको भारत भ्रमण अगाडि इमरान चीन पुग्दै

सीको भारत भ्रमण अगाडि इमरान चीन पुग्दै

नेपालखबर
असोज २०, २०७६ सोमबार ६:२९,

यसै हप्ताको शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङ भारत भ्रमणका लागि जाँदैछन्।

सीको यस भ्रमण दुई दिनको रहेको बीबीसीले जनाएको छ। भारतमा सीले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य उच्च नेताहरुसँग भेटघाट गर्नेछन्।

सी भारत जाने पक्का भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चीनको भ्रमण गर्ने भएका छन्। रेडियो पाकिस्तानका अनुसार आज सोमबार नै खान चीन पुग्नेछन्। बुधबारसम्म खान चीनमा रहनेछन्।

हाल भारत र पाकिस्तानबीच तनावको अवस्था छ। भारतले धारा ३७० हटाएर जम्मु कस्मिरको विशेषाधिकार हटाएपछि कस्मिरका मुसलमानको अधिकार हनन् भएको पाकिस्तानको आरोप रहेको छ।

पाकिस्तानले यस विषयमा चीनले भारतसँग जोडका साथ प्रश्न राखोस् भन्ने चाहन्छ। यसै विषयमा कुरा गर्न सीको भारत भ्रमण अगाडि खान चीन पुगेको अनुमान गरिएको छ।

केही समय अगाडिमात्र पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसी चीन पुगेका थिए। त्यसबेला चीनले भारतको कस्मिरको विषयमा दख्खल दिन नहुने धारणा राखेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad