सरकारले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको कार्यावधि थपेको छ। असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले शर्माको उपरथीका कार्यकाल झन्डै डेढ वर्ष थपेको हो।
शर्मा अहिले रहेका उपरथीमध्ये सबैभन्दा वरिष्ठ हुन्। सरकारले कार्यकाल थपेसँगै भावी प्रधानसेनापतिमा उनी बलियो दाबेदार बनेका छन्।
आगामी २०७८ भदौमा अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाश पाउँदैछन्। २०७७ वैशाखमै शर्मा रथी बने भने उनी प्रधानसेनापति बन्ने पक्काजस्तै छ।
अहिलेका बलाध्यक्ष रथी गौरब तण्डुलले २०७७ वैशाखमा अवकाश पाउनेछन्। अर्का बलाधिकृत रथी शरद गिरीले २०७७ असारम अवकास पाउनेछन्।
शर्माको उपरथीको कार्यकाल एक वर्ष २ महिना १५ दिन थपेको बताइएको छ।
3
Shares
प्रतिक्रिया