ad ad

छापा खबर


दिल्ली -काठमाडौँ उडान अनियमित हुँदा यात्रुलाई सास्ती

दिल्ली -काठमाडौँ उडान अनियमित हुँदा यात्रुलाई सास्ती

नेपालखबर
असोज ९, २०७६ बिहिबार २३:५९,

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिल्ली -काठमाडौँ उडान निमयमित नहुँदा भारतबाट फर्कने नेपालीले सास्ती बेहोर्नुपरेको छ।

उपचारका लागि दिल्ली आएका नेपालीसँगै दसैँ, तिहार र छठसम्म बिदा मनाउन घर फर्कने तयारीमा रहेकाहरुमा यसले चिन्ता बढेको खबर आजको कान्तिपुर दैनिकमा नयाँ दिल्लीबाट सुरेशराज न्यौपानेले लेखेका छन्।

निगमले दिल्ली -काठमाडौँ दैनिक दुई उडान गर्दै आएको थियो।

बिहान एयर बसको न्यारो बडी र साँझ एयरबसकै वाइड बडी सञ्चालमा थियो।

तर, निगमका दुईटा वाइड बडीमध्ये कलसाइन नाइन एनवाई वाइड बडी ग्राउण्डेड भएपछि निगमको दैनिक उडान तालिका प्रभावित हुन पुगेको हो।

निगमको न्यारो बडीको १५८ र वाइड बडीको २७४ जना यात्रु बोक्ने क्षमता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .