ad ad

राजनीति


बलिदानीपूर्ण संघर्ष गरेका नेतालाई ‘स्मृति ग्रन्थ’ मा समेट्दै कांग्रेस

बलिदानीपूर्ण संघर्ष गरेका नेतालाई ‘स्मृति ग्रन्थ’ मा समेट्दै कांग्रेस

नेपालखबर
असोज ९, २०७६ बिहिबार ८:६,

नेपाली कांग्रेसले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा ‘स्मृति ग्रन्थ’ निकाल्ने भएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरु विस्मृतिमा पर्दै गएको निष्कर्ष निकाल्दै नयाँ पुस्तालाई पनि उनीहरुको योगदानबारे जानकारी दिने उद्देश्यका साथ उनीहरुको योगदानको चित्रण हुने गरी ‘स्मृति गन्थ’ निकाल्न लागिएको जानकारी दिएका हुन्।

बिहीबार काठमाडौंको ओमबहालमा निर्माण गरिएको पार्टीका नेता एवम् पूर्वमन्त्री मार्शल जुलुम शाक्यको शालिक अनावरण गर्दै उनले पार्टीमा ठूलो त्याग र तपस्या गरेका नेताहरुको पहिचान गर्न तत्काल अध्ययन कार्यलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। त्यस अवसरमा सभापति देउवाले राजतन्त्र विरोधी आन्दोलनमा नेता शाक्यले निर्वाह गर्नु भएको भूमिकाको पनि चर्चा गरे।

सभापति देउवाले राजतन्त्रविरुद्ध नेता शाक्यले खेल्नु भएको भूमिकाको जति चर्चा गरेपनि कमै हुने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .