राजनीति


पोखरामा पौडेलले भनेः सरकारले लामखुट्टे त धपाउन सकेको छैन, अरु के गर्न सक्ला र?

पोखरामा पौडेलले भनेः सरकारले लामखुट्टे त धपाउन सकेको छैन, अरु के गर्न सक्ला र?

वाशुदेव मिश्र
भदौ २४, २०७६ मंगलबार १०:२८,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले वर्तमान सकारले दुई तिहाईको आडमा अदालत र अख्तियार लगायतका संवैधानिक निकायलाई तर्साएर लुट मच्चाइएको आरोप लगाएका छन्।

उनले अदालत र अख्तियार सत्ताको लाचार छायाँ भएको जिकिर पनि गरे।

‘आज अदालत के गर्दैछ? अख्तियार के गर्दैछ? अख्तियार झिंगा मार्दैछ, ठूला माखा चैन गर्ने, निर्धालाई ऐन, तलतलका कर्मचारीलाई समातेर, मुखिया खरदारलाई समातेर काम देखाउने?’ आक्रोशित हुँदै नेता पौडेलले भने,‘ ‘उसले ठूलालाई कारबाही गर्न सक्दैन, शासकलाई गर्न सक्दैन, चाहे त्यो वाइडबडी होस्, चाहे त्यो एनसेल होस् वा वाईसीएल क्याम्पको कुरा नै किन नहोस्।’

वरिष्ठ नेता पौडेल बीपी जयन्ती तथा नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अभियानको क्रममा मंगलबार पोखरामा आयाजित वृक्षरोपण कार्यक्रममा बोल्दै सरकारमाथि आक्रोश पोखेका हुन्। अरबौंको भ्रष्टाचारहरु साना मान्छेले हैन ठूला टाउकेहरुले गरेको जिकिर गर्दै उनले अरबौँ–खरबौँको भ्रष्टाचार कहाँ भयो भन्ने प्रश्न पटक–पटक दोहो¥याए।

‘ठूला माछा समात्न अख्तियारको हात किन काप्छ?’ उनले भने, ‘दुई तिहाईको दुरुपयोग, दुई तिहाईको शक्ति देखाएर अख्तियार र अदालत धर्काउने?’

एनसेलको काण्डमा अदालतले गरेको फैसलाबारे संसदमा प्रश्न उठेको प्रसंग निकाल्दै उनले अदालतले अघिल्लो पटक गरेको फैसला र पछिल्लो फैसला बाझिएको बताए। अदालतको नजिर एउटै हुने तर्क गर्दै उनले भने, ‘अदालतको फैसला बाझिएको छ, दुई तिहाईले न्यायाधीश र अदालतलाई तर्साएर लुट मच्चाइएको छ।’

उनले भ्रष्टाचार र अराजकता बढेकोको र सरकारले सपना एउटा देखाउने तथा काम अर्को गर्नाले जनतामा निरासा बढेको जिकिर गरे। ‘यो सरकारले सामान्य पनि काम गर्न सक्दैन’, नेता पौडेलले भने, ‘देशमा यतिबेला डेंगु फैलिएको छ, अस्पताल भरिएको छ। ‘सरकारले लामखुट्टे धपाउन सकेको छैन। यो सरकारसँग काम गर्ने मेसो नै छैन, काम गर्न जानेकै छैन।’

उनले सरकारले संविधानविपरीत ऐन बनाउन खोजेको आरोप पनि लगाए। सरकारले जनताको अधिकार र सम्पत्तिको अधिकारमाथि पनि धावा बोलेको बताउँदै उनले भने, ‘अहिले सरकारले बाबुको सम्पत्ति छोराले लिन पनि पैसा तिर्नुपर्ने ऐन बनाउन लागेको छ, अनि के हुन्छ हाम्रो समाजमा? बाउको सम्पत्ति छोराले नपाउने अवस्था भए के हुन्छ?’

पार्टीको आन्तरिक कलह र गुट–उपगुटबारे धेरै नबोले पनि उनले केही मान्छेले ‘मनी र मसल’ प्रयोग गरेर पार्टीमा आफ्नो हैसियत बनाएको भए पनि कांग्रेस त्यस्ता मान्छेको मात्रै नभएको जिकिर पनि गरे। उनले सारा बेथितिको अन्त्य कांग्रेसले मात्र गर्न सक्ने बताउँदै कांग्रेसभित्र सत्तामा बस्दा पनि आफ्नो इमान नडग्मगाएका मान्छेहरु भएको दावी पनि गरे।

उनले लोकतन्त्रको कुनै विकल्प नभएको र कांग्रेसलाई सिध्याउन २०३६ सालतिर गोरेबहादुर खपाङ्गीहरु जन्माएको बताउँदै उनले भने, ‘सेता मगराँती भनेर जन्माइएका उनै खपाङ्गी पछि राजाको हातबाट रातो टीका थाप्न गए।’ अहिले पनि कांग्रेसलाई सिध्याउन विभिन्न खाले प्रपञ्च रचिएको उनको टिप्पणी थियो।

कास्की क्षेत्र नम्बर २ मा हुने आसन्न उपनिर्वाचन मा उनले एक भएर कांग्रेस उम्मेदवारलाई विजय बनाउन पनि उनले आग्रह गरे।
‘कांग्रेस भन्ने रुखमा भोट नहाल्ने, रुखमा भोट नहाल्ने पनि कांग्रेस हुन्छ?’, उनले भने, कास्की अहिले सारा नेपालको आँखामा परेको छ, यो मौका चुक्न नदिऊँ, मैले टिकट पाइन नभन्नुहोस्, कांग्रेसलाई जिताउनुस्।’

नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .