ad ad

राजनीति


चन्द्रागिरि पुगेका चिनियाँ विदेशमन्त्री वाङ एक घण्टा हाइकिङमा

चन्द्रागिरि पुगेका चिनियाँ विदेशमन्त्री वाङ एक घण्टा हाइकिङमा

नेपालखबर
भदौ २३, २०७६ सोमबार ८:११,

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी चन्द्रागिरिबाट हाइकिङ गर्दै मातातीर्थसम्म पुगेर फर्किएका छन्।

सोमबार बिहान भ्रमण दलका सदस्यसहित चन्द्रागिरि गएका वाङ चन्द्रागिरिस्थित रिसोर्टबाट करिब १ घण्टाको दूरीमा रहेको मातातीर्थ दोबाटोसम्म पुगेका हुन्। हाइकिङमा विदेशमन्त्री वाङका साथमा भ्रमण दलका सदस्यहरु पनि थिए।

सुरक्षामा खटिएका अधिकार वाङ एकाएक जंगलकाे बाटाे ओरालो लागेपछि केही समय अलमलमा परेका  थिए। उनकाे सुरक्षाका लागि प्रहरीकाे कार्य विभागबाट खटिएका डीएसपीले कमाण्ड गरेपछि सबै वाङकाे पछिपछि लागेका थिए। 

विदेशमन्त्री वाङलाई त्यहाँ चन्द्रागिरि हिल्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत गरेका थिए।

विदेशमन्त्री वाङको हाइकिङका क्रममा सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। चन्द्रागिरि अवलोकन गरेपछि उनी टोलीसहित हाइकिङमा निस्किएका थिए।

 तीन दिने नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्री वाङ आइतबार काठमाडौं साँझ आइपुगेका हुन्।

विदेशमन्त्री वाङले सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै छन् भने दिउँसो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको टोलीसँग दुईपक्षीय वार्ता गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .