ad ad

राजनीति


सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न पत्रकार महासंघलाई सञ्चारमन्त्रीको आग्रह

सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न पत्रकार महासंघलाई सञ्चारमन्त्रीको आग्रह

नेपालखबर
भदौ १८, २०७६ बुधबार ११:१५,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले जे राम्रो गर्ने हो त्यसलाई निष्कर्षमा पु¥याउन महासंघले विरोधको वक्तव्य नभई बहसमै उत्रनुपर्ने पनि स्पष्ट पारे।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा उनले न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडिया हाउसलाई पुनः सचेत पनि गराए। उनले न्यूनतम पारिश्रमिक लागू गराउन एक वर्षयता पहल गरिरहे पनि त्यसमा सफलता प्राप्त गर्न नसकेकोमा आफू दुखित रहेको पनि बताए।

मन्त्री बाँस्कोटाले ठूला मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गराउन अटेर गरेकोमा पनि आपत्ति जनाएका थिए।

मन्त्री बाँस्कोटाले कार्य क्षेत्रमै दूर्घटनामा परेका पत्रकारहरुलाई विशेष व्यवस्था हुने गरी कानून बनाउने तयारीमा सरकार रहेको उल्लेख गर्दै त्यसलाई समृद्ध बनाउने विषयमा नेपाल पत्रकार महासंघबाट ठोस प्रस्तावको अपेक्षा गरिएको पनि बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .