राजनीति


उपकुलपति र शिक्षाध्यक्षमध्ये एक पदबाट राजीनामा दिन त्रिपाठीलाई नेविसंघको २४ घण्टे अल्टिमेटम

उपकुलपति र शिक्षाध्यक्षमध्ये एक पदबाट राजीनामा दिन त्रिपाठीलाई नेविसंघको २४ घण्टे अल्टिमेटम

नेपालखबर
भदौ ११, २०७६ बुधबार १०:१४,

नेपाल विद्यार्थी संघ (नेविसंघ) विश्वविद्यालय समितिले एउटै व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षा अध्यक्ष हुन नमिल्ने भन्दै प्रा. डा. सुधा त्रिपाठीलाई कुनै एक पदबाट राजीनामा दिन माग गरेको छ।

त्रिभुवन विश्वविद्यलयका उपकुलपति तीर्थ खनियाँको चार वर्षीय कार्यकाल सकिएपछि सरकारले शिक्षा अध्यक्ष त्रिपाठीलाई नै तीन महिनाको लागि उपकुलपति तोकेपछि नेविसंघले दुवै पदमा एक व्यक्ति रहन नमिल्ने भन्दै शिक्षा अध्यक्षको राजीनामा माग गरेको हो।

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) मा विश्वविद्यालयका पदाधिकारीको पदा रिक्त रहँदा उक्त पदमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले र अन्य पदााधिकारीको जिम्मेवारी उपकुलपतिले विश्वविद्यालयका कुनै वरिष्ठ प्राध्यापकलाई तोक्ने व्यवस्था छ।

नेविसंघ विश्वविद्यालय समितिका अध्यक्ष हरि आर्चायको नेतृत्वमा मंगलबार दिउँसो नवनियुक्त उपकुलपति त्रिपाठीलाई भेटी शिक्षा अध्यक्ष वा उपकुलपति मध्ये कुनै एक पदबाट राजीनामा दिन सुझाब दिएको छ।

‘विश्व विद्यालयको ऐन, नियम, इतिहास, परम्परा र संस्कार तथा शक्ति पृथकीकरणको सिद्धान्त अनुसार एक व्यक्ति दुई पदमा बस्न मिल्दैन’, नेविसंघका नेता आर्चायले नेपालखबरसँग कुरा गर्दै भने, ‘हामीले आज दिउँसो २ बजे उहाँलाई भेटेर कुनै एक पदबाट राजीनामा दिन सुझाब दिएका छौं। यदि हाम्रो मागमा कुनै सुनवाई भएन भने आन्दोलनमा जानुको कुनै विकल्प छैन।’

नेविसंघले उपकुलपति त्रिपाठीलाई कुनै एक पदबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .