केही दिनदेखि सामाजिक सञ्जालमा जारी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावल र समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईबीचको अब सार्वजनिक कार्यक्रममा समेत पुगेको छ।
बुधबार नेता रावलले धनगढीमा पत्रकारसँग कुरा गर्दै डा. भट्टराईजस्ता नेताकै कारण थारु समुदायले दुःख पाएको आरोप लगाए।
नेता भट्टराईले थारु सम्मेलन व्यक्त गरेको मन्तव्यलाई लिएर उनीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका रावलले भट्टराईको अभिव्यक्त देशमा विखण्डन निम्त्याउने खालको भएको आरोप समेत लगाए।
नेता भट्टराई अधिकार प्राप्तिका लागि थारु समुदायले अझै लड्नु पर्ने बताएका थिए। नेता रावलले भट्टराईको यही भनाईलाई लिएर उनीमाथि आक्रमण सुरु गरेका हुन्। ‘भट्टराईले संविधान निर्माणको समयदेखि नै तराई र पहाड मिल्न दिनुहुँदैन भन्दै आउनु भयो’, उनले भने, ‘यस्तो प्रवृत्तिले विखण्डन मात्रै निम्त्याउछ।’
उनले थारु समुदायले दुःख पाउनु र केही व्यक्तिहरु हिरासतमा हुनुको कारण भट्टराई जस्ता व्यक्ति भएको आरोप लगाए। उनले सोझा थारु समुदायलाई भड्काउने खेलमा भट्टराईहरु लागेको बताए। ‘उनी जस्ता नेताहरुकै कारण थारु समुदायका व्यक्तिहरुले जेल परेर दुःख पाएका छन्’, उनले भने।

प्रतिक्रिया