राजनीति


ओली–नेपालको भनाभनबारे राष्ट्रियसभामा कांग्रेस सांसदले भनेः राजनीतिक संस्कारकै बदनाम भो

ओली–नेपालको भनाभनबारे राष्ट्रियसभामा कांग्रेस सांसदले भनेः राजनीतिक संस्कारकै बदनाम भो

नेपालखबर
भदौ ८, २०७६ आइतबार ९:५०,

राष्ट्रियसभा बैठक नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलहमा दुःख व्यक्त गरेको छ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेकपाभित्र दुई शीर्ष नेताहरु बीच भएको सम्बाद र तिक्तताले सबै राजनैतिक दलका कार्यकर्ताको शीर निहुरिएको बताए।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार सचिवालयको बैठकमा भएको भनाभनको विषयलाई संकेत गर्दै सांसद रायमाझीले यस्तो बताएका हुन्।

यस किसिमको व्यवहार र सम्बादको शैलीले राजनैतिक संस्कृति नै बदनाम हुने भन्दै चिन्ता ब्यक्त गरे। देशको आवश्यकता समान उद्देश्य भएका दलहरुको कार्यगत एकता हुनुपर्ने त्यो नभए मुद्दा केन्द्रित एकता हुनुपर्ने समयमा दल भित्रको किचलोले सम्वृद्धितर्फ बढ्न बाधा पुग्ने बताए।

यस्तै आजको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद बलराम बास्कोटाले भने पारस शाहले अन्तर्राष्ट्रिय विमनस्थालामा प्रहरीमाथि गरेको दुव्र्यवहारमा किन कारबाही नगरेको भन्दै सरकारसँग रोष प्रकट गरे।

यस्तै सांसद बास्कोटाले देशमा अवान्छित गतिविधिहरु बढ्ने, विभिन्न बहानामा कानून हातमा लिने र ‘सरकार र संविधानको बर्खिलाप हुनेगरी गतिविधि बढ्दा सरकार के गरेर बसेको छ’ भनेर प्रश्न पनि गरे।

रवि लामिछाने प्रकरणमा विभिन्न सामाजिक सञ्जालमा अवान्छित गतिविधि हुँदा प्रशासनलाई कानुन कार्यान्वयन गर्न के कारणले रोक्यो भनेर आक्रोश पनि ब्यक्त गरे। काठमाडौँ चितवन लगायतका क्षेत्रमा बढेको अवान्छित गतिविधि रोक्न सरकारले गरिरहेको काम बारे सदनमा जानकारी गराउन माग पनि गरे।

विशेष समयमा बोल्ने अन्य वक्ताहरुले देशको समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad