कला


गंगा बरदानको नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’ (भिडिओ)

गंगा बरदानको नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’ (भिडिओ)

नेपालखबर
असार १६, २०७८ बुधबार ९:२९,

लोकगायक गंगा बरदानले आफ्नो नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’ युट्युब मार्फत सार्वजनिक गरेका छन्। विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता– दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडिओको रुपमा रिलिज गरिएको हो।

२०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा ‘दाई त काले भाई पनि काले’ गीत गाएर प्रथम स्थान हासिल गरेका गंगा बरदानले २०३१ सालमा धरानमा आयोजित पूर्वाञ्चलब्यापी लोकगीत तथा नृत्य प्रतियोगितामा ‘छपनीले छान छान डबकीले हान’ गीत गाएर प्रथम भएका थिए भने २०३५ सालमा रेडियो नेपालमा ‘कहाँमा काट्यो बेतको लौरी’ आफ्नै शब्द, संगीत र स्वरमा रेकर्ड गरेका थिए।

२०५५ सालमा गंगा बरदान भाग–१, २०५७ मा भाग–२ र २०६० मा भाग–३ एल्बम बजारमा ल्याएका गायक बरदानले त्यसयता भने कुनै एल्बम तथा गीतहरु बजारमा ल्याएका छैनन्। अहिले आएर १८ वर्षपछि उनको नयाँ गीत रिलिज भएको छ।

हाइकिङ बाबाको रुपमा धरानमा परिचित तथा सेवक अभियानका अभियानकर्ता राजिब हलवाईको रचना तथा बरदानकै संगीत रहेको तथा सृजन नेपालको संगीत संयोजन तथा मिक्सिङ रहेको उक्त गीतको चाँडै भिडियो समेत बनाइने भएको छ।

उमेरले ६९ टेकेका र गीत संगीतमा लागेको ५० वर्ष काटेका गायक बरदान आफ्ना केही पुराना गीतहरु समेत आफ्नो स्वरमा फेरि रिरेकर्ड गर्ने योजनामा छन्।

हाल आफ्नो श्रीमतीको साथ धरानमै बसोबास गर्ने गायक, रचनाकार तथा संगीतकार गंगा बरदानका छपनीले छान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सुपाडी कुटुक्क, माया गर्ने बानी उल्टै गर्छ हानी, जीउको मासु, अरुनै तर्यो जस्ता थुप्रै लोकप्रिय गीतहरु रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .