संसद् विघटनको मुद्दा सोमबार दिनभर महान्यायाधिवक्ता रमेश बडालले मात्रै बहस गरेका छन्।
विपक्षीको तर्फबाट बहस सुरु गरेका बडालले करिब साढे तीन घण्टा बहस गरेका हुन्।
उनले बहस सकेसँगै सोमबार ४ बजे इजलास उठेको छ।
सभामुखबाहेकका विपक्षीलाई १४ घण्टा समय दिइएको छ। जसमा सरकारी वकिलले ७ घण्टा र निजी कानुन व्यवसायीले ७ घण्टा बहस गर्नेछन्।
अझै १० जना सरकारी वकिलले बहस गर्ने तय भएको छ।
मंगलबार नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले २ घण्टा बढी बहस गर्ने समय तय भएको छ। त्यसपछि अरु ९ जनालाई १५ देखि ३० मिनेटसम्म बहसका लागि समय तोकिएको छ।

प्रतिक्रिया