उपत्यकामा निषेधाज्ञा लम्बिने भएको छ। कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाबारे निर्णय लिन आज ५ बजे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले निषेधाज्ञा थप १ हप्ता लम्बिने तर यसको मोडालिटीबारे डीसीएमसीमा छलफल गरेर निर्णय लिइने बताए।
सार्वजनिक यातायातबारे कोरोना संक्रमणको दर र स्वास्थ्य विज्ञसँगको छलफलपछि निर्णय गरिने उनले बताए।
उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। सअघि जारी निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिँदै छ।
प्रशासनले अघिल्लो हप्ता निषेधाज्ञा केही खुकुलो बनाएको थियो।

प्रतिक्रिया