राजनीति


डा. बाबुराम भट्टराईले बताए ५ दलीय गठबन्धनको औचित्य

डा. बाबुराम भट्टराईले बताए ५ दलीय गठबन्धनको औचित्य

नेपालखबर
असार ११, २०७८ शुक्रबार ३:४३,

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरूले ५ दलीय गठबन्धनको औचित्य बताएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगनविरुद्ध ५ दलीय गठबन्धनको तत्कालीन र दीर्घकालीन औचित्य रहेको उल्लेख गरेका हुन्।

‘ओलीप्रतिगमनविरूद्ध ५ दलीय गठबन्धनको तत्कालीन मुख्य औचित्य संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा तथा विकास त हो नै! साथै दीर्घकालीन रूपमा समावेशीता, संघीयता, सुशासन र समतामूलक समृद्धिको प्रवद्र्धन पनि हो,’ डा. भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसबारे हाम्रो पुस्ता अझै आत्मालोचक बनेर पुस्तान्तरणका निम्ति तयार हुनैपर्छ!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .