राजनीति


विष्णु पौडेललाई अर्थ र गृहसहित चार महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी

विष्णु पौडेललाई अर्थ र गृहसहित चार महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी

नेपालखबर
असार १०, २०७८ बिहिबार ११:२५,

अदालतको आदेशले २० जना मन्त्री पदमुक्त भएपछि बाँकी रहेका प्रधानमन्त्रीसहित अन्य चार मन्त्रीको कार्यविभाजन गरिएको छ।

नयाँ कार्यविभाजनअनुसार हाल अर्थमन्त्री रहेका विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन्।

उनले गृह र अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको समेत जिम्मेवारी पाएका छन्।

मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी दिइएको छ।

वसन्तकुमार नेम्वाङ कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, र सहरी विकास मन्त्री बनेका छन्।

लिलानाथ श्रेष्ठ कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .