ad ad

राजनीति


नेपाल प्रहरीका ५२ एसपी र ५७ डीसपीको सरुवा, काे कहाँ?

नेपाल प्रहरीका ५२ एसपी र ५७ डीसपीको सरुवा, काे कहाँ?

नेपालखबर
असार ८, २०७८ मंगलबार १६:३०,

नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एक वर्ष अवधि पुगेका एसपीहरुको मंगलबार सरुवा गरेका हुन्। सरुवासँगै अधिकांश जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।

मोरङमा जनार्दन जिसीलाई पठाइएको छ। दानबहादुर कार्की कपिलवस्तु, दिनेशराज मैनाली तनहुँ, विश्व अधिकारी कैलाली र नकुल पोख्रेल धनकुटा सरुवा भएका छन्।

५७ डीसपीको सरुवा
नेपाल प्रहरीका ५७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एक वर्ष अवधि पुगेका डीएसपीहरुको मंगलबार सरुवा गरेका हुन्।

सरुवासँगै धेरै जिल्लाका प्रहरी प्रमुख र राजधानिका बृत्त प्रमुख फेरिएका छन्। सिंहदरबार बृत्तका डीएसपी हरिबहादुर बस्नेतलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ।

अर्घाखाँचीमा अमरबहादुर थापा, खोटांगमा उमेश लमशाल, कृष्णबहादुर कार्की लमजुंग सरुवा भएका छन्। गौशला बृत्तमा केशव भट्टराई, किर्तिपुरमा ठाकुरप्रसाद पोख्रेल, बौद्धमा ढुण्डिराज न्यौपाने, लैनचौरमा दुर्गाप्रसाद दाहाल, महाराजगन्जमा प्रमेश बिष्टको सरुवा भएको छ।

हेराैं एसपी काे कहाँ? 

हेराैं, डीएसपी काे कहाँ? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .