ad ad

राजनीति


यादव पक्षका २ सांसदलाई ठाकुर पक्षको २४ घण्टे अल्टिमेटम

यादव पक्षका २ सांसदलाई ठाकुर पक्षको २४ घण्टे अल्टिमेटम

नेपालखबर
असार ७, २०७८ सोमबार ५:३४,

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको पक्षले लुम्बिनी प्रदेश सभाका आफ्ना २ सांसदलाई २४ घण्टाको अल्टिमेटम दिँदै स्पष्टीकरण मागेको छ।

पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान नगरेको आरोपमा ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षका प्रदेश सांसद सहश्रराम यादव र पुर्मती ढेंगा मगरलाई स्पष्टीकरण मागेको हो।

यसअघि ५ दिन समयसीमा राखेर स्पष्टीकरण मागेको ठाकुर पक्षले पुनः अहिले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो।

अब २४ घण्टाभित्र स्पष्टीकरण नदिएमा पार्टीको विधानअनुसार कारबाही गरिने ठाकुर पक्षले चेतावनी दिएको छ। 

लुम्बिनी प्रदेश सभामा जसपाका ६ सांसद छन्।

जसमध्ये मन्त्रीसमेत रहेका कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी ठाकुर पक्षका हुन्।

अर्का अध्यक्ष यादवको पक्षले पनि ठाकुर पक्षका ती मन्त्रीलाई स्पष्टीकरण मागेको छ।

लुम्बिनी प्रदेशमा नेकपा एमालेका ओलीपक्षीय नेता शंकर पोखरेलको नेतृत्वमा सरकार छ। यता ओलीकै नेतृत्वमा रहेको संघीय सरकारमा पनि ठाकुर पक्ष सहभागी भएको छ। जसपाकै यादव पक्ष भने ओली सरकारविरुद्ध विपक्षी गठबन्धनमा आबद्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .