राजनीति


कनकमणि दीक्षितको लेख पढेपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईको टिप्पणीः ‘लगे रहो मुन्ना भाइ!’

कनकमणि दीक्षितको लेख पढेपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईको टिप्पणीः ‘लगे रहो मुन्ना भाइ!’

नेपालखबर
असार ७, २०७८ सोमबार २:६,

आफूसमेत पाँच जना पूर्वप्रधानमन्त्रीले सरकारविरुद्ध संयुक्त रूपमा जारी गरेको विज्ञप्तिको आलोचना गर्दै कनकमणि दीक्षितले लेखेको लेखप्रति डा. बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन्।

पत्रकार दीक्षितले आइतबार नेपालखबरमा लेखेको ‘सरकारलाई हान्दा राज्यलाई घातः पाँच पूर्वप्रधानमन्त्रीको विज्ञप्ति’ लेखको आलोचना गर्दै डा. भट्टराईले लेखक दीक्षित राणाकालदेखि नै सत्ताको धुपोरै भएको आरोप लगाएका हुन्।

‘स्थायी सत्ताका परिचित रफ्फुमास्टरको ओली–विद्याले लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधीनतामाथि पारेको खतरनाक भ्वाङ टाल्ने अर्को हास्यास्पद जमर्को,’ डा. भट्टराईले सोमबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘राणाकालदेखि नै सत्ताको धुपौरे बन्दै आएकाबाट अरू के अपेक्षा गर्नु र? लगे रहो मुन्ना भाइ!’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .