ad ad

राजनीति


राष्ट्रसंघ महासचिव गुटेर्रेस दोस्रो कार्यकालका लागि नियुक्त

राष्ट्रसंघ महासचिव गुटेर्रेस दोस्रो कार्यकालका लागि नियुक्त

नेपालखबर
असार ४, २०७८ शुक्रबार १५:१५,

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्। उनले आगामी पाँच वर्ष १९३ सदस्यी राष्ट्रसंघीय महासभाको नेतृत्व गर्नेछन्।

उनको दोस्रो कार्यकाल १ जनवरी २०२२ बाट सुरु हुनेछ।

एक महिनाअघि १५ सदस्यीय सुरक्षा परिषद्ले गुटेर्रेसलाई महासचिव पुनः नियुक्त गर्न सिफारिस गरेको थियो।

जनवरी २०१७ मा उनी महासचिव भएका थिए। उनीभन्दा अघि बान की मुन महासचिव थिए।

गुटेर्रेसको पहिलो कार्यकालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको औचित्यमाथि नै प्रश्न उठाएका थिए।

अमेरिकाले संयुक्त राष्ट्रसंघको नियमित बजेटको करिब २२ प्रतिशत हिस्सा योगदान गर्ने गर्छ।

ट्रम्पले त्यसलाई घटाउने बताएका थिए। तर, जो बाइडेन राष्ट्रपति भएपछि अमेरिकाले कटौती भएको रकम पुनः दिन सुरु गरेको छ।

७२ वर्षीय गुटेर्रेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्री थिए। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .