राजनीति


स्थायित्वका लागि मलाई विश्वासको मत दिनुहोस् : मुख्यमन्त्री नेपाली पोखरेल

स्थायित्वका लागि मलाई विश्वासको मत दिनुहोस् : मुख्यमन्त्री नेपाली पोखरेल

नेपालखबर
काठमाडौं, असार ४

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशमा स्थायित्वको लागि विश्वासको मत दिन आग्रह गरेका छन्।

‘आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै अगाडि बढ्नका यहाँ छौं। संघीयतालाई मजबुत र राजनीतिक स्थिरता हुन्छ भन्ने सन्देश दिन र जनताले दिएको मतादेश पाँच वर्षको लागि हो र बीचमा जनताबीच जानु कुनै पनि रुपमा उपयुक्त नहुने भएकोले विश्वासको मत दिएर समर्थन गर्न अनुरोध गर्दछु,’ मुख्यमन्त्री पाेखरेल नेपालीले भने।

उनले प्रदेश सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा साे धारणा राखेका हुन्।

उनले मुख्यमन्त्री नियुक्त भएपछि आफूले ल्याएको नीति तथा कार्यक्रम र बजेटबारे पनि चर्चा गरेका थिए।

‘नीति तथा कार्यक्रम र बजेटमा आधारित कार्यक्रमलाई कार्यान्वयन गर्न विश्वासको मत दिन आग्रह गर्दछु,’ पोखरेलले भने।

उनले कोभिड विरुद्धको खोप अभियान अघि बढाउन र कोराना नियन्त्रणका लागि प्रदेशमा थप तयारी गर्ने निर्णय गरेको बताए।

उनले आफू नेतृत्वको सरकारले पाठेघर रोगको क्यान्सर उपचारका लागि शल्यक्रिया गर्ने क्रममा लाग्ने खर्च व्यहोर्ने निर्णय गरेको जानकारी दिए।

सबै जिल्ला अस्पताललाई २५ देखि ५० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको उनको भनाइ छ।

असार ४, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .