पूर्व उपकुलपतिहरुले सरकारलाई विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप नगर्न आग्रह गरेका छन्।
१२ जना पूर्व उपकुलपतिहरुले एक विज्ञप्ति जारी गर्दै उनीहरुले झापाको बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिलाउन शिक्षामन्त्री र प्रधानमन्त्रीले विश्वविद्याको स्वायतत्तामाथि हस्क्षेप गरेको उनीहरुले बताएका छन्।
उक्त मेडिकल कलेजलाई सम्बन्धन दिलाउन चिकित्सा शिक्षा आयोगलाई दवाव दिँदै आएको सार्वजनिक हुनु दुखद भएको उनीहरुको भनाई छ।
'काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा संचालनका लागि सम्बन्धन दिनसक्ने कलेजको संख्या सीमा नाघेर पूर्वाधार नै नपुगेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्सा शिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन एम कानुनी राजको उपेक्षा गर्नमा अलिकति पनि नहिचकिचाउनु ठूलो दुर्भाग्यको कुरा हो', विज्ञप्तिमा भनिएको छ।
आयोगका अध्यक्ष श्रीकृष्ण गिरीको जायज अडानका कारण उनलाई गम्भिर धम्की आउन थालेको बताउँदै उनीहरुले यसबाट हुने क्षतिको जिम्मेवार वर्तमान सरकार हुने चेतावनी दिएका छन्।
उनीहरुले गिरीलाई सुरक्षा प्रदान गर्न र यी संस्थाहरुलाई आफ्ना निकायहरुमार्फत विधिअनुरुप काम गर्न दिन उनीहरुले सरकारलाई आग्रह गरेका छन्।
यसरी विज्ञप्ति जारी गर्नेमा केदारभक्त मथेमा, महेशकुमार उपाध्याय, सुरेशराज शर्मा, नवीनप्रकाश जंग शाह लगायत छन्।
प्रतिक्रिया