नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ।
कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले एक विज्ञप्ति जारी गर्दै जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली कांग्रेसको आधिकारिक साइटमा राखिएको जनाएको छ।
यस अघि १०१ स्थानको विवरण कांग्रेसले सार्वजनिक गरेको थियो।
सार्वजनिक गरिएका र यस अघि सार्वजनिक गरिएका नामावलीमा कुनै उजुरी, गुनासा वा सुझाव भए दिन पनि भनिएको छ।
नामबारे कुनै उजुरी भए असार ६ गतेसम्म दिन सकिने छ। कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ गतेबाट काठमाडौंमा हुँदैछ।
मोरङ, सुनसरी, सोलुखुम्बु, धनकुटा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट लगायतका जिल्लाका विभिन्न क्षेत्रको नामावली सार्वजनिक गरिएको हो।

प्रतिक्रिया