राजनीति


पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ४:४७,

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।

एमालेका वरिष्ठ नेता खनालको निजी सचिवालयले दिएको जानकारीअनुसार सोमबार बिहान उनलाई नर्भिक हस्पिटल भर्ना गरिएको हो।

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सामान्य समस्या आएका कारण अस्पताल भर्ना गरिएको र केही दिन अस्पतालमै रहनुपर्ने खनालको निजी सचिवालयले जनाएको छ।

अहिले उनको स्वास्थ्य स्थिति सामान्य रहेको तर आरामका लागि थप केही दिन अस्पतालमै रहनुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन्।

यसबाहेक खनालको निजी सचिवालयले थप केही बताएको छैन।

पूर्वप्रधानमन्त्री खनाल हालै कोरोना संक्रमणबाट मुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .