ad ad

राजनीति


आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिन वैद्यलाई कांग्रेसको निर्देशन

आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिन वैद्यलाई कांग्रेसको निर्देशन

नेपालखबर
जेठ २९, २०७८ शनिबार ४:४७,

नेपाली कांग्रेसले बागमती प्रदेशका आफ्ना सांसद नरोत्तम वैद्यलाई प्रधानमन्त्रीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको छ।

प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी पार्टीले वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिइसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन्।

‘नेपाली कांग्रेस प्रस्ट छ, अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइनु, प्रवक्ता शर्माले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन।’

शान्तिपूर्ण राजनीतिको शालीनता सडकमा समेत संयम अपनाउनु हो भन्दै उनले संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने उल्लेख गरेका छन्।

‘हिंसाबाट शान्तिपूर्ण रूपान्तरणका लागि अरूलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोहीबमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट छ।’

शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए।

congress bigyapti123

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .