राजनीति


नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीले लिए शपथ

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ११:४९,

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नवनियुक्त मन्त्रीहरुलाई शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्य्यादेवी भण्डारीले शपथ गराइन्। एक राज्यमन्त्रीलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ गराए।

प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका थिए।

मन्त्रिपरिषद विस्तार गर्दै उनले गृहमा खगराज अधिकारी, संचारमा नैनकला थापालाई नियुक्त गरेका थिए।

प्रधानमन्त्री ओलीले रक्षामन्त्रालय आफैंसँग राखेका छन्।त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी नियुक्त भएका छन्।

त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .