राजनीति


प्रदेश २ मा सत्ता साझेदारी गर्न लागेका कांग्रेस र माओवादीले नै गरे सदन अवरुद्ध

प्रदेश २ मा सत्ता साझेदारी गर्न लागेका कांग्रेस र माओवादीले नै गरे सदन अवरुद्ध

शैलेन्द्र महतो
जेठ २५, २०७८ मंगलबार १०:७,

 

ससर्त अनुदानको बजेटमा प्रदेश सरकारले मनपरी गरेको भन्दै विपक्षी दलहरुले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन्।

मंगलबार दिउँसो बसेको प्रदेशसभाको छैठौं अधिवेशनको दोश्रो बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले ससर्त अनुदानको योजना विषयमा गुनासोहरु राख्दै अवरुद्ध गरेका हुन्।

एमाले संसदीय दलका नेता सत्रुधन महतोले मुख्यमन्त्री लालबाबु राउतले आफै सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने बताए।

‘प्रदेशसभा सदस्यहरुले पेश गरेको ससर्त अनुदानको योजना नसच्याएसम्म हामी सदन चल्न दिन्नौं। सभामुखले रुलिंग गरेर मुख्यमन्त्रीलाई बोलाइदिनु पर्यो। मुख्यमन्त्रीले यहिँबाट जवाफ दिएर सच्याउनु पर्यो। सच्चिने कुरा भयो भने हामी हाउस चल्न दिन्छौ नत्र चल्न दिन्नौ,’ उनले भने।

सभामुख सरोज कुमार यादवले अर्थमन्त्री यहिँ रहेको र जानकारी भइसकेकाले सदन चल्न दिन आग्रह गरेका थिए।

तर दलका नेता महतोले अर्थमन्त्री लेखनदास मात्रै रहेको आरोप लगाए। उनले भने ‘अर्थमन्त्रीले भनिसक्नु भएको छ म इन्ट्री गर्ने मान्छे हुँ। मुख्यमन्त्रीबाट यस्तो भएको हो। त्यसकारण मुख्यमन्त्री नै आएर जवाफ दिनु पर्यो। हामी अरु कसैको भरमा पर्दैनौं।’

त्यसपछि सभामुख यादवले एक घण्टाको लागि बैठक स्थगित गरेका हुन्। बैठकको सुरुमै एमाले सचेतक सुन्दर विश्वकर्माले मुख्यमन्त्री राउतले पटक पटक प्रतिवद्धता गरेर सांसदहरुसँग विश्वास घात गरेको आरोप लगाए।

कांग्रेस सांसद वीरेन्द्र कुमार सिंहले साढे ३ वर्षको अवधिमा मुख्यमन्त्री राउतले बोलेका एउटा कुरा पनि लागु नहुनु दुभाग्यपूर्ण रहेको भन्दै आक्रोश पोखे।

‘ससर्त अनुदान सिफारिस समिति आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा बन्यो। सांसदहरुले छानेको योजना एउट पनि फरेन’ उनले भने आक्रोस पोख्दै भने, ‘तर सर्सत अनुदानको योजना कुनै सांसदलाई थाहा छैन। नत पालिकालाई। त्यो योजना कसले छान्यो प्रदेश सरकारलेकी प्रदेश सरकारको पाल्तु दलालहरुले। यसको जवाफ नपाएसम्म संसद चल्न दिन्नौं।

माओवादी केन्द्रका सांसद रामकुमार यादवले मुख्यमन्त्रीजी बच्चा जस्तो भएको टिप्पणी गरे।

‘बालबालिकाले खेल्ने बेला तुरन्त बालुवाको घर बनाउँछन्। तुरन्तै भत्काउँछन्। मुख्यमन्त्रीले त्यस्तै खेल खेलेको लाग्यो’ उनले भने ‘हामीसंग प्रतिवद्धता गर्नु हुन्छ। तुरन्तै विर्सिदिनु हुन्छ । पढेकोलेखेको हुनुहुन्न भने कसरी भनौं। डब्बल डिग्री गर्नुभएको छ।’

उनले सरकारले आफ्ना पार्टीका मान्छे खोजेर योजना बाँड्ने गरेको आरोप लगाए।सदनमा आज पनि महन्थ ठाकुर पक्षका सांसदहरु अनुपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .