राजनीति


राप्रपा सरकारमा सहभागी हुन लागेको हो?

राप्रपा सरकारमा सहभागी हुन लागेको हो?

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ०:१७,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक अध्यक्ष कमल थापाले अर्का दुई अध्यक्षप्रति चर असन्तुष्टि व्यक्त गरेपछि उनको पार्टीभित्र टूलो मतभेद भइरहेको अनुमान गरिएको छ।

थापाले सोमबार सामाजिक सञ्जालमा पार्टी एकताप्रति नै पश्चाताप व्यक्त गरेपछि फेरि राप्रपा फुट्ने हो कि भन्ने शंकासमेत उत्पन्न भएको छ।

सोमबार सामाजिक सञ्जालमा उनले दुई अध्यक्षलाई अल्छी र आफूलाई तीव्र गतिमा दौडिने घोडाको संज्ञा दिँदै दुईतिरको चेपुवमा परेको आफू पनि थला पर्न बेर छैन भने पनि मतभेदको विषय प्रस्ट पारेका छैनन्।

यो पनि : कमल थापाले गरे राप्रपा एकताप्रति पश्चाताप!

तर केही सञ्चारमाध्यमले चुनावका पक्षमा रहेका कमल थापा ओली सरकारमा सहभागी हुन इच्छुक भएको तर अर्का अध्यक्षहरू पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी ओलीको असंवैधानिक कदमको विरोधमा रहेकाले मतभेद भइरहेको भनेर लेखेपछि अध्यक्ष थापाले त्यसको खण्डन गरेका छन्।

यस विषयम स्पष्टीकरण दिँदै उनले पुनः सामाजिक सञ्जालमार्फत नै राप्रपा सत्ताकेन्द्रित फोहोरी खेलमा नलाग्ने दाबी गरेका छन्।

‘कतिपल्ट र कहाँबाट भन्नुपर्छ? राप्रपा सत्ताकेन्द्रित फोहोरी खेलमा छैन, छैन, छैन,’ थापाले भनेका छन्, ‘विगतका त्रुटि कमजोरी सच्याएर नीति र विचार केन्द्रित राजनीति वर्तमान समयमा राप्रपाको मुख्य प्रथमिकता र ध्येय हो।’

अगाडि भनेका छन्, ‘राप्रपालाई वैकल्पिक शक्ति बनाउन हाल कायम निष्क्रियताको महारोगबाट मुक्त हुने हाम्रो चाहना हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad