राजनीति


प्रचण्ड निस्के लगत्तै माधव नेपाल र देउवाबीच छलफल

प्रचण्ड निस्के लगत्तै माधव नेपाल र देउवाबीच छलफल

नेपालखबर
जेठ २४, २०७८ सोमबार ९:४६,

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन्।

सोमबार बिहानमात्रै नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो।

नेपाललाई भेटेर प्रचण्ड सिधै देउवा निवास पुगेका थिए। प्रचण्ड देउवालाई भेटेर निस्के लगत्तै नेपाल बुढानीलकण्ठ पुगेका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एकताका लागि भन्दै नयाँ घोषणा गरेपछि नेपालले राजनीतिक भेटघाट बढाएका छन्।
नेपाल पक्षले आज नै ओलीको प्रस्तावको लिखित जवाफ दिँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad