राजनीति


राष्ट्रपतिका सञ्चार विज्ञले गल्ती गर्दा परराष्ट्रमन्त्रीलाई आक्षेप

राष्ट्रपतिका सञ्चार विज्ञले गल्ती गर्दा परराष्ट्रमन्त्रीलाई आक्षेप

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ११:२,

राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालले अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिने भो भनेर गलत कुरा लेखिदिँदा पररष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई समेत आक्षेप आइलागेको छ।

नेपाली समयअनुसार बिहीबार राति अमेरिकाका राष्ट्रपति जो बाइडेनले नेपालसहित विभिन्न देशलाई २ करोड ५० लाख डोज खोप बाँड्ने घोषणा गर्नासाथ राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ ढकालले राष्ट्रपतिज्यूको अग्रसरता र सरकारको क्रियाशीलताले अमेरिकाबाट नेपाललाई ५० लाख डोज खोप प्राप्त हुने भो भनेर ट्विट गरेका थिए।

तर बाइडेनले नेपाललाई कति डोज खोप दिने भनेर भनेकै थिएनन्। जसले गर्दा ढकालको ट्विटमा प्रश्न उठ्यो। त्यसपछि उनले केही बेरमै त्यो ट्विट हटाए र अर्काे ट्विट गर्दै भने, ‘मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो।’

यो पनि : राष्ट्रपति र प्रधानमन्त्रीको बढाइचढाइ गर्न हतारिँदा मेट्नुपर्‍याे ट्विट

सामाजिक सञ्जालमा त्यसैको दोष परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई समेत आइलागेको हो।

डा. रामेश कोइरालाले ट्विटरमा लेखेका छन्, ‘अमेरिकाले दिने ७० लाख भ्याक्सिन यी देशलाई दिने रे। भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया अगडम बगडम्! र, परराष्ट्रमन्त्रीजी र राष्ट्रपतिका सल्लाहकारअनुसार ५० लाख थपक्कै नेपाललाई रे। धन्यवाद राष्ट्रपतिजी!’

डा. कोइरालाले यसरी व्यंग्य गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले आफूले त्यस्तो कुरा नगरेको र झुटो आरोप लगाइएको भनेर गुनासो गरेका हुन्।

डा. कोइरालाको ट्विटमा नलगाउन कमेन्ट गरेका छन्, ‘डाक्टर सा’ब, मैले कहाँ भनेछु ५० लाख डोजको कुरा। अरू विषय होलान् विरोधका लागि, तर यति विघ्न झुटको सहारा नलिनु भएको हुने।’

त्यसपछि डा. कोइरालाले सल्लाहकारबाट व्यक्त खुसीमा भावनात्मक उत्तेजना आउँदा परराष्टन्त्री ज्ञवालीको नाम पनि आफूले लेख्नपुगेको उल्लेख गर्दै ‘सरी’ भनेका छन्।

‘धन्यवाद दिएकोलाई नै विरोध त नदेखिदिए हुने सर! खैर, यता अरू सल्लाहकारका खुसी भएर व्यक्त भएका कुराले गज्जब भो भन्ने भावनात्मक उत्तेजनाले तपाईंको नाम थपिएछ,’ डा. कोइरालाले लेखेका छन्, ‘विरोध नभएकाले यति उति कति झुटको सहारा नभनी सरी भने है!’

ramesh pradeep

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad